Section 37
पर्वतारोहण संघको सदस्यता प्राप्त गर्नु पर्ने
(१) पर्वतारोहण संघको सदस्यता प्राप्त नगरेको कुनै सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदारवा आधार शिविरका कामदार पर्वतारोही दलको साथ जान पाउने छैनन् र पर्वतारोहणको प्रबन्धमिलाउने संस्थाले पनि पर्वतारोहण संघसित समयबद्धता (एफिलिएशन) नराखी पर्वतारोहण सम्बन्धी कुनै प्रबन्ध मिलाउन पाउने छैन ।
(२) पर्वतारोहण संघलाई नेपाल सरकारले तोकेको हिमालचूलीको आरोहण गर्ने अनुमति प्रदान गर्ने काम सुम्पन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सुम्पिएको अधिकार प्रयोग गरी पर्वतारोहण संघले अनुमति जारी गरेमा त्यस्तो अनुमतिको सम्पूर्ण जानकारी अनुमति जारी गरेको पन्ध्र दिनभित्रनेपालसरकारलाई दिनु पर्नेछ ।
(४) पर्वतारोहण संघलाई नेपाल सरकारले आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ र यस्तो आदेश वा निर्देशन पालना गर्नु सो संघको कर्तव्य हुनेछ ।